काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा समानीकरण अनुदान पठाउने बताएका छन्।
संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो।
महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन्। कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले महासंघसँग मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताएका थिए।