सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी पेश - Chaitanya News
  • 2026-07-07
  • 23:23:29
  • मंगलबार,आषाढ २३, २०८३
  • सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी पेश

    सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी पेश

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्।

    नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

    चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँलाई काँग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन्।