२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेनको घोषणा - Chaitanya News
  • 2026-06-24
  • 17:04:11
  • बुधबार,आषाढ १०, २०८३
  • २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेनको घोषणा

    २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेनको घोषणा

    काठमाडौँ–  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन्।

    आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन।

    रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए।

    प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई लक्षित गरेर आयोजना गरिने छ।

    तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन्।

    वैशाख १९ गतेदेखि तालिम कार्यक्रम सुरु हुने बालेनको भनाई छ।