सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला - Chaitanya News
  • 2026-06-24
  • 17:04:12
  • बुधबार,आषाढ १०, २०८३
  • सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला

    सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला

    काठमाडौँ– सर्वसाधारण नागरिकका लागि सरकारी बण्ड (ऋणपत्र) मा लगानी खुल्ला भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत वार्षिक आन्तरिक ऋण निष्कासन तालिका बमोजिम आर्थिक वर्षका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि आवेदन माग गरेको हो।

    तथापि, यसअघि ऋणपत्र बिक्री खुल्ला मिति २०८० वैशाख २ गते तोकिए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन तालिका नै परिवर्तन गर्दै ऋणपत्र आवेदन दिने समयावधि दुई महिनाको दिएको हो।

    २०८० वैशाख १ गते बिक्री खुल्ला भएको ऋणपत्रका लागि सर्वसाधारण नागरिकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन भने असार ४ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।