काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन्।
आइतबार काठमाडौँमा सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए।
उनले भने, ‘विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन्। त्यसैले बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन।
सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए। ‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ। अब राजा आउने सम्भावना छैन।’