सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अलग्गै समझदारी - Chaitanya News
  • 2026-07-08
  • 00:38:17
  • मंगलबार,आषाढ २३, २०८३
  • सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अलग्गै समझदारी

    सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अलग्गै समझदारी

    धनगढी– सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ। कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी दिए।

    समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताए। यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ। का‌ग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम)४ गरी २६ पुग्छ।

    यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ। तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्।

    नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ।