काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सनो लोकलको ४० रुपैयाँ कायम भएको छ।
यसैगरी गोलभेँडा सनो तराईको ७० रुपैयाँ कायम हुँदा आलु रातोको ४५, काउली स्थानीयको ६०, लौकाको ६०, तामाको १००, गान्टे मुलाको ८० रुपैयाँ कायम भएको छ।
यसैगरी मौसमको १५०, जुनारको २६०, केरा दर्जनको १४०, अंगुर हरियोको १८० रुपैयाँ मूल्य कायम भएको समितिले जनाएको छ।