‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाले पनि दियो सहमति - Chaitanya News
  • 2026-06-24
  • 17:03:12
  • बुधबार,आषाढ १०, २०८३
  • ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाले पनि दियो सहमति

    ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाले पनि दियो सहमति

    काठमाडौँ– ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि पारित भएको छ। विधेयकका सम्बन्धका प्रतिनिधि सभाबाट भएको संशोधन’ लाई राष्ट्रियसभाले पनि सहमति जनाएको हो।

    शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभामा सहमतिका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। बैठकमा सांसदहरूले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए।

    राष्ट्रिय सभाको अर्को बैठक आउँदो वैशाख ४ गते मङ्गलवार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।