राष्ट्रपति पौडेलबाटसम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-06-24
  • 14:21:32
  • बुधबार,आषाढ १०, २०८३
  • राष्ट्रपति पौडेलबाटसम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलबाटसम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।