आज १ बजे मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिव सरुवा हुन सक्ने - Chaitanya News
  • 2026-07-08
  • 00:37:32
  • मंगलबार,आषाढ २३, २०८३
  • आज १ बजे मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिव सरुवा हुन सक्ने

    आज १ बजे मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिव सरुवा हुन सक्ने

    काठमाडौँ– आज (शुक्रबार) दिउसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

    बिहीबारलाई बोलाइएको बैठक नियमित बैठक आज बिहान १० बजे बस्ने भनिएको थियो तर पुनः सो समय पनि सारेर १ बजेलाई पुर्‍याइएको एक मन्त्रीले जानकारी दिए।

    बैठकले मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय गर्नुका साथै केही सचिवहरूको सरुवा पनि गर्ने बुझिएको छ। केही दिन अघि भएको सचिव सरुवामा छुटपुट, संशोधन तथा मिलान गरिने स्रोतको भनाई छ।

    युवा तथा खेलकुद मन्त्रालय, वित्त आयोग तथा राष्ट्रिय तथ्याङ्क आयोग गरी तीन सचिव पद संघीय सरकारमै रिक्त छ भने यता प्रदेशतिर पनि कतिपय निमित्तको जिम्मा छन् तर यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने बरन्डा(अतिरिक्त)मा राखिएको छ। व्यवस्थापनमा देखिँदै आएको जटिलताले निजामतीको उपल्लो तहसमेत लथालिङ्ग हुँदै आएको छ। जसबारे सोच्ने फुर्सद न प्रशासनिक नेतृत्वलाई छ न त राजनीति नै।