समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी - Chaitanya News
  • 2026-07-08
  • 00:37:31
  • मंगलबार,आषाढ २३, २०८३
  • समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी

    समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने वातावरण बन्दै गएको दाबी गरेका छन्।

    माओवादी केन्द्र कोशी प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवादी मोर्चामा सहभागी दलहरुबीच चाँडै एकताबद्ध हुने बताए।

    उनले भने, ‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ। समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ। बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ। हामी सबै एक ठाउँमा हुनेछौँ।

    माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले बताए। आफूले नेतृत्व गरेको सरकारको कामले जनतामा सकारात्मक आशा जागेको बताएका छन्।