बलिउड अभिनेता आदित्य नारायण झा नेपाल आउने - Chaitanya News
  • 2026-04-26
  • 20:46:44
  • आइतबार,बैशाख १३, २०८३
  • बलिउड अभिनेता आदित्य नारायण झा नेपाल आउने

    बलिउड अभिनेता आदित्य नारायण झा नेपाल आउने

    काठमाडौं– बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउने भएका छन्। उनी शुक्रबार काठमाडौं आउनेछन् । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन्। उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन्।

    शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ। शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिने छन्।

    उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।

    झा भारतका सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा शोका होस्ट गरिसकेका छन्। उनले नेपाली गीत पनि गाएका छन्।