नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-07-08
  • 00:38:08
  • मंगलबार,आषाढ २३, २०८३
  • नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

    एमाले संसदीय दलका नेता कँडेल बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ।