प्रधानमन्त्री प्रचण्डलाई प्रभु साहले सोधे: सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ? - Chaitanya News
  • 2026-07-08
  • 00:38:34
  • मंगलबार,आषाढ २३, २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई प्रभु साहले सोधे: सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ?

    प्रधानमन्त्री प्रचण्डलाई प्रभु साहले सोधे: सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ?

    काठमाडौं– आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ?भन्दै प्रश्न गरेका छन। आज (बुधवार)ं प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले संमणणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति समेत जनाएका छन्।

    उनले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे। अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताए पनि सो अनुसार काम हुन नसकेको बताए। उनले विषय विज्ञहरूलाई सांसदको स्वकीय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।

    अध्यक्ष साहले भने, निर्वाचनयता ३ वटा अधिवेशन भयो। तर अहिलेसम्म हामीले चार वटा विधेयक मात्रै पास गरेका छौँ। त्यो पनि केही दफा संशोधनको निम्ति आएको विधेयक पारित गर्‍यौँ। त्यो पनि राष्ट्रिय सभाबाट विगतकै अवधिमा उत्पत्ति भएका विधेयकहरू पारित गर्‍योँ। यही सुनाउन जाने जनतामा रु एक वर्षको ३ अधिवेशनमा चार वटा विधेयक पारित ग(यौँ भनेर सुनाउन जाने? जम्मा सरकारले १९ वटा विधेयक ल्याएको देखियो। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकताका छन्। ती विधेयकहरू कहाँ छन? जनतालाई हामीले के भन्ने। के हामीले यो संसदलाई साँच्चनै प्रभावकारी बनाईराखेका छौँ? सांसदलाई हामीले स्वकीय सचिव दिइराखेका छौँ। ’

    अध्यक्ष साहले सांसदहरूले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्त्व नदिएको गुनासो समेत गरे।