काठमाडौँ– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन्।
आज(मंगलबार) नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले लामिछानेविरुद्ध धेरै प्रमाण भएको समेत बताए।
रवि लामिछानेविरुद्ध यति धेरै प्रमाण छन्। लाखौँ ठगिएका छन्। न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै काँग्रेसले संसदमा प्रश्न गरिरहेको छ। काँग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ।