राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदै - Chaitanya News
  • 2026-07-08
  • 02:00:09
  • मंगलबार,आषाढ २३, २०८३
  • राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदै

    राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदै

    काठमाडौँ– राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ। त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो।

    संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको व्यवस्था गरेको छ। जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन्।

    राष्ट्रिय सभामा हाल ५८ सदस्य छन्। जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य रहेका छन्। सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरेपनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन्।

    राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ। मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेश हुनेछ।