कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस - Chaitanya News
  • 2026-07-08
  • 01:59:15
  • मंगलबार,आषाढ २३, २०८३
  • कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस

    कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस

    काठमाडौँ– कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन्।

    एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरु गरेका हुन्।

    कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ। एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा पुगेको छ।