रविलाई प्रदीप पौडेलले सोधे: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन? - Chaitanya News
  • 2026-07-08
  • 02:00:10
  • मंगलबार,आषाढ २३, २०८३
  • रविलाई प्रदीप पौडेलले सोधे: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन?

    रविलाई प्रदीप पौडेलले सोधे: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन?

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्।

    आज (सोमवार) काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने समेत स्पष्ट पारे। उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको?भन्दै प्रश्न गरे। उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो? भन्ने प्रश्न गरे। उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए।

    उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ। प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन। तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो। सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ।

    सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे।