गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ - Chaitanya News
  • 2026-07-08
  • 02:00:09
  • मंगलबार,आषाढ २३, २०८३
  • गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ

    गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ

    काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।

    आज (आइतबार) बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए।

    ‘विगतमा अरुमाथि औँला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानबिन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पूर्वाग्रह होइन।’