उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-07-10
  • 11:47:38
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता

    उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा १ मा ३ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ– आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ। शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ।

    यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। अन्य दलबाट पनि उम्मेदवारी दर्ता हुने क्रममा रहेको छ।