काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।