गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बताएका छन्।
एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा समेत जोड दिए।
पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे। स्वतः वरिष्ठ नेताका रूपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए। आफूले सकुन्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे।
पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उहाँले यो आफैँमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए।