दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ सँग नेपाल ‘ए’ ११४ रनले पराजित - Chaitanya News
  • 2026-06-07
  • 04:10:28
  • शनिबार,जेठ २३, २०८३
  • दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ सँग नेपाल ‘ए’ ११४ रनले पराजित

    दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ सँग नेपाल ‘ए’ ११४ रनले पराजित

    काठमाडौँ– आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ। आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो। एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो।