मल कारखाना खोल्ने विषयमा छिमेकी देशहरूसँग कुरा भइरहेको छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-06-24
  • 11:50:24
  • बुधबार,आषाढ १०, २०८३
  • मल कारखाना खोल्ने विषयमा छिमेकी देशहरूसँग कुरा भइरहेको छ : प्रधानमन्त्री

    मल कारखाना खोल्ने विषयमा छिमेकी देशहरूसँग कुरा भइरहेको छ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको कारखाना खोल्ने विषयमा दुवै छिमेकी देशहरूसँग कुरा भइरहेको बताएका छन्।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै किसानलाई खेतीको समयमा मलको अभाव नगराउने बताए।

    उनले भने, ‘मल कारखाना बनाउन दुवै छिमेकी देशले रुचि देखाउनुभएको छ। अब हामीले नै राम्रो प्लान बनाएर जताबाट हुन्छ त्यताबाट अगाडि बढ्दैछौं। जे भए पनि सरकारले पोहोरदेखि किसानलाई मलको हाहाकार हुन दिएको छैन। अहिले पनि मलको अभाव हुँदैन। किसानलाई मल उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’