काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कानुन नबुझ्दा ८० अर्बको आइटी उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन्।
आज (बुधवार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सूचना प्रविधि कम्पनी कोटिभिटीमाथि राजस्व अनुसन्धान विभागले एउटा मुद्दा दायर गरेको छ। कर्मचारी क्षमतावान नहुँदा कस्तो नराम्रो प्रभाव पार्छ भन्ने उदाहरण त्यो मुद्दा हो,’ उनले भने।
कर्मचारीको क्षमताको अभावका कारण यस्तो भएको थापाले बताए। ‘त्यही भएर कर्मचारी प्रशासनभित्र मेरिटोक्रेसी प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।