काठमाडौँ– गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन्। बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त गरेका थिए। त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो।
संवैधानिक प्रावधान अनुसार २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भए पनि पाण्डेले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै बुधबार राजीनामा दिएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल काँग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे छन्। सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ।