चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने - Chaitanya News
  • 2026-07-10
  • 13:04:56
  • शुक्रबार,आषाढ २६, २०८३
  • चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने

    चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने

    काठमाडौँ– राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन्। साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन्।

    गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा गरेकी थिइन्। अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने जुटाइसकेका छैनन्।