कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति - Chaitanya News
  • 2026-07-10
  • 13:26:15
  • शुक्रबार,आषाढ २६, २०८३
  • कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

    कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

    काठमाडौँ– सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ।

    हिजो (सोमबार) काठमाडौँमा बसेको एमाले(माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

    मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए।

    यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन्।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामावादीका १ सांसद रहेका छन्। त्यस्तै काँग्रेसका १५ र राप्रपाका १ सांसद छन्।