काठमाडौँ– सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ। बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो।
नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेको थियो। बालुवाटारमा तीन नेताहरुबीच अब आफूहरूले सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको एक नेताले बताए।
सुदूरपश्चिममा अहिले काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनलाई समर्थन गर्ने विषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ। त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ।