नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज १ बजेदेखि सुरु - Chaitanya News
  • 2026-06-07
  • 10:41:07
  • आइतबार,जेठ २४, २०८३
  • नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज १ बजेदेखि सुरु

    नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज १ बजेदेखि सुरु

    काठमाडौँ– नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेल आज हुँदै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजेदेखि सुरु हुनेछ।

    अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ। नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ्ससँग पराजित भएको थियो।

    नेपालका केही व्याटसहरुले उत्कृष्ट प्रदर्शन गरे पनि यस अघिका दुवै खेलमा मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र देथ ओभरमा खराब बलिङका कारण नेपालले दुवै खेल गुमाउन पुग्यो।

    सिरिज गुमाइसकेको नेपाल आजको अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ।

    टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।