तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 09:45:58
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ। कष्टकर यात्राका साथै मन कमजोर रहला। आँटेको काममा अवरोध आउनसक्छ। साझपख नराम्रो खबर सुनिने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला। अल्छीपना पनि बढ्ने छ। स्वादष्ट खाना खाईने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज समस्या दर्साउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन्। अरुलाई प्रभावित पारेर काम बन्ने छ। लाभदायी यात्रा पनि हुनेछ। साझ पख आफन्तसँग रमाईलो भेट हुनेछ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ। सानातिना समस्यामा अल्झनु पर्नेछ। पारिवारिक समस्या पनि बढ्न सक्छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज आँटेको र ताकेको कार्य पुरा होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। नियमित खर्च समेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ। सांगीतिक क्षेत्रमा रुचि पनि बढ्ने छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन्। प्रेम जीवन पनि सफल रहने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। आफन्तसँग भेटघाट पनि हुनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज रमाइलो यात्राको योग रहेको छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।