प्रधानमन्त्रीले न्यायाधीश बन्न खोजेको काँग्रेसको आरोप - Chaitanya News
  • 2026-07-10
  • 13:26:58
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रधानमन्त्रीले न्यायाधीश बन्न खोजेको काँग्रेसको आरोप

    प्रधानमन्त्रीले न्यायाधीश बन्न खोजेको काँग्रेसको आरोप

    काठमाडौँ– नेपाली काँग्रसले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको आरोप लगाएको छ। आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमले यस्तो आरोप लगाएका हुन्। यस्तै काँग्रसले लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध समेत गरेका छन।

    सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले कन्ली चिट दिने प्रयास गरेको बताए।

    उनले भने,‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौँ न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो कन्ली चिट दिने प्रयास गर्नुभयो। सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले कन्ली चिट दिने प्रयास गर्नुभयो। यसले गर्दा हामीले उठाएको मुद्दाहरूमा गम्भीर प्रशन जन्मिएको छ।

    उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए। कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ।

    उनले भने,‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ। सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ। आज त्यो मिडिया सञ्चालनमा पनि छैन। अब त्यो विषयमा कस्ले जवाफ दिने हो रु पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ। यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो।