आज दिउँसो १–१५ बजे राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-07-10
  • 14:19:24
  • शुक्रबार,आषाढ २६, २०८३
  • आज दिउँसो १–१५ बजे राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज दिउँसो १–१५ बजे राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १–१५ बजे शुरु हुनेछ।

    बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।

    त्यस्तै, अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।

    बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।