सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा - Chaitanya News
  • 2026-07-10
  • 14:56:16
  • शुक्रबार,आषाढ २६, २०८३
  • सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा

    सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा

    काठमाडौँ– सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ र सबलीकरणको लागि तीन तहका सरकारको बीचमा प्रभावकारी समन्वय कायम गर्न संविधानमा उल्लेखित एकल तथा साझा अधिकारका विषयमा नेपाल सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा पुगेको बताए।

    उनले तीन तहको समन्वयको लागि विद्यमान संवैधानिक र कानूनी संरचना तथा संयन्त्रको सबलीकरण गर्दै प्रभावकारी परिचालनमा विशेष ध्यान दिन निर्देशन दिए। बिहीबार सिंहदरबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले विकास निर्माणका आयोजना पूरा हुँदैनन् भन्ने निरासा तोड्नुपर्ने धारणा राखे।

    उनले भने, ‘कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ, यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष आग्रह गर्दछु सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संशोधन गरेर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि परिवर्तन गरेको जानकारी दिँदै प्रधानमन्त्रीले यसबाट नीति तथा कार्यक्रममा प्रयाप्त छलफल गर्ने समय हुने र सोही आधारमा बजेट प्रस्ताव गर्न सहज हुने विश्वास व्यक्त गरे।