काठमाडौँ– मन्त्रिपरिषद् बैठक बस्दै छ । आज (बिहीबार) अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै एक जना सचिवमा बढुवा र केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ।