वर्षको कारण नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द - Chaitanya News
  • 2026-11-19
  • 10:03:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • वर्षको कारण नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

    वर्षको कारण नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

    काठमाडौँ– वर्षको कारण नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल रद्द भएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको हो।

    नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी–२० खेल आउटफिल्ड भिजेको कारण रद्द भएको छ,’ क्यानले भनेको छ।

    कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृङ्खला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

    नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल शुक्रबार खेल्ने छ।