काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन्। आज (बुधबार) राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
यस्तै उनले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो। निर्मला पन्तलाई न्याय दिनुपर्ने छ। त्यसमा लागिरहने छु।’
यस्तै गृहमन्त्री लामिछानेले जीवन चलाउनेको केश गम्भीर रहेको बताएका छन्। त्यसकारण पनि सुन काण्डको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको उनले बताए।
उनले भने,‘सुन काण्डको प्रतिवेदन ४८० पेजको छ, त्यसमा राज्यका धेरै महत्त्वपूर्ण सूचना छन्। त्यसलाई सार्वजनिक गर्दा तस्करले लाभ पाउने अवस्था छ। उपयुक्त समयमा त्यसलाई सार्वजनिक गरिनेछ।’
गृहमन्त्री लामिछानेले रातिको समयमा प्रहरीको पेट्रोल पम्प खुला गर्दा त्यसले सकारात्मक प्रभाव परेको बताए।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो।