भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको छ : गृह सचिव - Chaitanya News
  • 2026-07-10
  • 14:46:44
  • शुक्रबार,आषाढ २६, २०८३
  • भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको छ : गृह सचिव

    भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको छ : गृह सचिव

    काठमाडौँ– गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरूलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन।

    आज (बुधबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाली महिलाहरूलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको समेत बताए।

    उनले भने, ‘केही मान्छेहरूको प्रोफेसन यही छ र त्यस्ता मान्छेहरूलाई पोलिटिकल ब्याक छ। आवश्यक परेको बेला म भनौँला।

    दलाल र बिचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ। यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए।