गृहमन्त्री लामिछाने राज्य व्यवस्था समितिको बैठकमा उपस्थित - Chaitanya News
  • 2026-07-10
  • 15:48:17
  • शुक्रबार,आषाढ २६, २०८३
  • गृहमन्त्री लामिछाने राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

    गृहमन्त्री लामिछाने राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

    काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।

    काँग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ। बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ।

    बैठकमा सदस्यहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन्।