नेकपा एकीकृत समाजवादीले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उठाउने - Chaitanya News
  • 2026-07-10
  • 15:48:54
  • शुक्रबार,आषाढ २६, २०८३
  • नेकपा एकीकृत समाजवादीले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उठाउने

    नेकपा एकीकृत समाजवादीले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उठाउने

    काठमाडौँ– आगामी वैशाख १५ गते  इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ।

    सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

    उनले भने, ‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ।