बहराइनसँग नेपाल ३.० अन्तरले पराजित - Chaitanya News
  • 2026-07-31
  • 04:10:24
  • बिहिबार,साउन १४, २०८३
  • बहराइनसँग नेपाल ३.० अन्तरले पराजित

    बहराइनसँग नेपाल ३.० अन्तरले पराजित

    काठमाडौँ– मंगलबार राति भएको फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा ३.० गोल अन्तरले पराजित भएको छ ।

    हराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो।

    जितसँगै बहराइन समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। नेपाल भने चार अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

    यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

    अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।