सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ : प्रदीप पौडेल - Chaitanya News
  • 2026-07-10
  • 15:48:17
  • शुक्रबार,आषाढ २६, २०८३
  • सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ : प्रदीप पौडेल

    सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ : प्रदीप पौडेल

    काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने दाबी गरेका छन्। आज (मंगलबार) काठमाडौँमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले काँग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको समेत बताए।

    उनले देशले काँग्रेसलाई आफैँ सत्तामा पुर्‍याउने उल्लेख गरे।

    काँग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ काँग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्‍याउँछ। अहिलेको यो गठबन्धन चिरञ्जीवी हुँदैन। उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने।