जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदै - Chaitanya News
  • 2026-07-16
  • 19:38:36
  • बिहिबार,आषाढ ३२, २०८३
  • जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदै

    जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदै

    काठमाडौँ– चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ। देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन्। त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ। जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन्। केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ।

    जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन्। त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो। उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ। परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

    हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले बताए। विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो। तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनको भनाइ छ।