कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्छ : कानुनमन्त्री गिरी - Chaitanya News
  • 2026-07-10
  • 15:57:57
  • शुक्रबार,आषाढ २६, २०८३
  • कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्छ : कानुनमन्त्री गिरी

    कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्छ : कानुनमन्त्री गिरी

    काठमाडौँ– कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन्।

    कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ(गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन्।पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले हिजो आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राखेका हुन्।

    कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे। उनले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताए।