१५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय - Chaitanya News
  • 2026-07-10
  • 15:57:41
  • शुक्रबार,आषाढ २६, २०८३
  • १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौँ– इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिए।

    सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।