काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश चलाउने मौका आफ्नो पार्टिले पाए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन। आज (शुक्रबार( सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको समेत आरोप लगाए।
अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन्।
‘सभामुख विदेश भ्रमणमा जानुपर्ने भए उपसभामुखलाई जिम्मा दिएर जानुपर्दथ्यो तर संसद्को कार्यसूची नै थन्काएर विदेश भ्रमणमा जानु नाजायज कार्य हो,’ उनले भने।
आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउनेसमेत उनले दाबी गरे। ‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा छ। सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिक्षानेप्रति लक्षित गर्दे भने,‘म भएको भए पद छोडिसिक्थेँ।