न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन : पूर्वप्रधान न्यायाधीश कार्की - Chaitanya News
  • 2026-07-10
  • 16:49:43
  • शुक्रबार,आषाढ २६, २०८३
  • न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन : पूर्वप्रधान न्यायाधीश कार्की

    न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन : पूर्वप्रधान न्यायाधीश कार्की

    काठमाडौँ– पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन्।

    आज (शुक्रबार)बाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले न्यायालयमा संविधानमा व्यवस्था भएअनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको समेत बताइन्।

    पहिलेभन्दा न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि वातावरण सहज बनेको छ,’ उनले भनिन्, ‘तर संविधानअनुसार प्रतिनिधित्व अझै भएको छैन, राज्यले यसमा ध्यान दिन जरुरी छ।

    पूर्वप्रधान न्यायाधीश कार्कीले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन्। कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन्।