गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ - Chaitanya News
  • 2026-06-03
  • 23:31:06
  • बुधबार,जेठ २०, २०८३
  • गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ

    गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। आज (शुक्रबार) चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट सिमेत पारे।

    गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ।

    बाहिरी मुलुकहरूबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि समेत नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए।