अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-07-10
  • 16:49:12
  • शुक्रबार,आषाढ २६, २०८३
  • अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन

    अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ– गृह गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाललाई मर्यादित र साइबर अपराध नियन्त्रण गर्न डेस्क सञ्चालन गर्न निर्देशन दिएका छन।

    सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, भ्रामक सन्देश प्रवाह गर्ने कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक–एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्न निर्देशन दिएका हुन्।

    ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई पठाइएको निर्देशनमा भनिएको छ, ‘अनलाइन न्युज, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्‍लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकरएक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने। यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानून बमोजिम कारवाही गरी सोको सार्वजनिकरण गर्ने।’