काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायबाट एक जना मन्त्री बनाउने बताएका छन्।
आज (बिहीबार) अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको समेत बताए।
उनले भने, ‘महिलाहरू अहिले सशक्त भएका छन्। विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्। कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ। यस पटक पनि मन्त्री हुन्छ एउटा ठाउँ छ त्यहाँ। यस पटक पनि मन्त्री हुन्छ। पहिले पहिले पनि मन्त्री हुने गरेका थिए। तर, सबै जाति सबै समुदायबाट सबै सधैँ नपर्न पनि सक्छन्।
उनले पार्टी सचिवालयमा पनि एक जना दलित समुदायको सहभागिता रहेको बताए।